काठमाडौं– अघि तय गरिएको समयसीमाभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) सम्पन्न गर्न अधिकांश मन्त्रालय असफल भएपछि सरकारले चुपचाप असार मसान्तसम्म म्याद थप गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार १८ मध्ये ९ मन्त्रालयले मात्रै प्रतिवेदन बुझाएका छन् ।
प्राप्त प्रतिवेदन अध्ययनका लागि ६ सचिवीय कार्यदल गठन गरिएको छ ।
मन्त्रालय संख्या २२ बाट १८ मा झारेपछि नयाँ संरचनाअनुसार ओएण्डएम कार्यान्वयनमा ढिलाइ भएको हो ।
नयाँ बनेको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले समेत अझै प्रतिवेदन तयार पार्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्























