काठमाडौं– रवि लामिछानेको रातभरको प्रयास पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयन सर्वसम्मत बनाउन सफल हुन सकेन ।
गत बिहीबार साँझदेखि शुक्रबार बिहान साढे ४ बजेसम्म उनले उम्मेदवारहरूसँग लगातार छलफल गरे पनि अधिकांश उम्मेदवार अडानबाट पछि हटेनन् ।
उपसभापतिका उम्मेदवार विराजभक्त श्रेष्ठले नाम फिर्ता लिएपछि स्वर्णिम वाग्ले निर्विरोध भए भने शिशिर खनालले पनि महामन्त्रीमा उम्मेदवारी नदिई विपिन आचार्यलाई समर्थन गरे ।
थप ६ जनाले पनि नाम फिर्ता लिएर आचार्यलाई समर्थन गरे ।
तर, मनीष झा, सागर ढकाल, गणेश कार्की र विपिन आचार्यसहितका उम्मेदवार चुनाव लड्ने निर्णयबाट पछि नहटेपछि सर्वसम्मतिको प्रयास असफल भयो ।
अन्ततः पाँच पदाधिकारी पदका लागि २२ जनाबीच निर्वाचन भयो ।
प्रतिक्रिया दिनुहोस्























