काठमाडौं– लगातार छैटौं दिन पनि सेयर बजार ओरालो लागेको छ ।
सोमबार नेप्से परिसूचक १६.५४ अंकले घटेर २६३२.०६ बिन्दुमा कायम भयो ।
नयाँ कम्पनी ऐनको मस्यौदामा प्रस्ताव गरिएको १ प्रतिशत सेयर हस्तान्तरण शुल्कको चर्चाले लगानीकर्ताको मनोबल कमजोर बनाउँदा बजारमा दबाब देखिएको हो, यद्यपि सम्बन्धित पक्षले उक्त प्रस्ताव फिर्ता हुने स्पष्ट पारेका छन् ।
आज २ अर्ब ६७ करोड रुपैयाँको कारोबार हुँदा २९ कम्पनीको सेयर मूल्य बढ्यो भने २४० कम्पनीको घट्यो ।
सबै उपसूचक राताम्मे रहे ।
स्नो रिभर फल्स, टक्सार पिखुवाखोला, याम्बलिङ हाइड्रोपावर र धौलागिरि लघुवित्तको मूल्य १५ प्रतिशतले बढ्दा स्वाभिमान लघुवित्त सबैभन्दा धेरै ५.८३ प्रतिशतले घट्यो ।
ग्लोबल आईएमई बैंक, सोपान फर्मास्युटिकल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स र आँखुखोला जलविद्युत् सर्वाधिक कारोबार भएका कम्पनी बने ।


विश्व खबर 




















