काठमाडौं– सरकारले आगामी आर्थिक वर्षका लागि ९० अर्ब ३० करोड रुपैयाँ अबण्डा बजेट विनियोजन गरेको छ ।
अर्थ मन्त्रालयले विविध शीर्षकमा राखेको यो रकम चालु आर्थिक वर्षको ७८ अर्बभन्दा उल्लेख्य बढी हो ।
संसदमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आकस्मिक आवश्यकता, नयाँ मन्त्रालय र विस्तृत कार्यक्रम तयार नभएकाले अबण्डा बजेट बढाइएको बताएका छन् ।
तर, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.पुष्पराज कँडेलले यस्तो प्रवृत्तिले तजविजी अधिकार बढाएर बजेटलाई स्वार्थअनुसार खर्च गर्ने जोखिम सिर्जना गर्ने बताएका छन् ।
अबण्डा बजेटमध्ये ३८ अर्ब १ करोड रुपैयाँ भैपरी आउने साधारण प्रशासन, १९ अर्ब २३ करोड विकास कार्यक्रम, १८ अर्ब ७९ करोड विपद् तथा पुनर्स्थापना र ८ अर्ब रुपैयाँ मुआब्जाका लागि छुट्याइएको छ ।
यद्यपि राजनीतिक वृत्तमा राज्यको ढुकुटी आफैले हजम पार्न अर्थमन्त्री वाग्लेले बजेटको अंक अवन्डा गरेको चर्चा छ ।
महालेखा परीक्षकले पनि विगतदेखि नै अबण्डा बजेट घटाउन र शीर्षक खुलाएर बजेट विनियोजन गर्न सरकारलाई सुझाव दिँदै आएको छ ।


विश्व खबर 




















