images
images
  • बहराइन खरानी बनाइदिने इरानको चेतावनी

    काठमाडौं– इरानले बहराइनलाई आफ्नो सीमा ननाघ्न र कुनै पनि उक्साहट नगर्न कडा चेतावनी दिएको छ ।

    इरानका सर्वोच्च नेताका वरिष्ठ सल्लाहकार अली अकबर बेलायतीले बहराइनका गतिविधिमाथि निगरानी रहेको भन्दै आवश्यक परे इरानले कडा प्रतिक्रिया दिने बताएका छन् ।

    इरानले अमेरिकाले खाडी क्षेत्रमा रहेका सैन्य आधार प्रयोग गरेर आफूविरुद्ध कारबाही गरेको आरोप दोहोर्याउँदै आएको छ ।

    यदि यस्ता कार्य पुनः दोहोरिए बहराइन खरानी बनाइदिने इरानले चेतावनी दिएको छ ।

    यद्यपि बहराइनले उक्त आरोप अस्वीकार गर्दै आफ्नो सार्वभौमिकताको उल्लङ्घन भएको जनाएको छ ।

    यसैबीच, दोहामा भएको अमेरिका–इरान वार्तामा दुवै पक्ष सैन्य तनाव घटाउँदै कूटनीतिक संवादलाई निरन्तरता दिन सहमत भएका छन् ।

    हर्मुज जलघाँटीको सुरक्षा, जहाज आवागमन र इरानी वित्तीय सम्पत्तिसम्बन्धी विवादका कारण प्राविधिक वार्ता भने अझै अवरुद्ध रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images