काठमाडौं– युक्रेनी लामो दूरीका ड्रोन आक्रमणका कारण रूसमा इन्धन आपूर्तिमा समस्या देखिएको कुरा राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलो पटक स्वीकार गरेका छन् ।
तेल प्रशोधन केन्द्रहरूमा भएका आक्रमणपछि केही क्षेत्रमा पेट्रोलको कोटा लागू गरिएको उनले बताए ।
यद्यपि, अवस्था गम्भीर नभएको दाबी गर्दै सरकारले आपूर्ति सहज बनाउन काम गरिरहेको पुटिनले बताएका छन् ।
पछिल्ला महिनामा युक्रेनले स्वदेशमै विकसित ड्रोनमार्फत रूसका तेल पूर्वाधार र क्राइमियासम्म आक्रमण तीव्र पारेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















