काठमाडौं– अमेरिकी रिपब्लिकन पार्टीभित्र इजरायल र प्रधानमन्त्री बेन्जामिन नेतान्याहुप्रतिको परम्परागत समर्थन कमजोर बन्न थालेको देखिएको छ ।
गाजा युद्ध, इरानसँगको तनाव र नेतान्याहुको नीतिप्रति असन्तुष्टिका कारण पार्टीका युवा नेता तथा अमेरिका फर्स्ट धारका प्रभावशाली व्यक्तिहरू आलोचनात्मक बनेका छन् ।
हालै सार्वजनिक पुस्तकका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत गाजा युद्धविराममा असहयोग गरेको भन्दै नेतान्याहुलाई कडा असन्तुष्टि व्यक्त गरेका थिए ।
उपराष्ट्रपति जेडी भान्ससहित टकर कार्लसन, मेगिन केली र मार्जोरी टेलर ग्रिनजस्ता प्रभावशाली रिपब्लिकन आवाजहरूले पनि इजरायलप्रतिको अन्धसमर्थनमाथि प्रश्न उठाइरहेका छन् ।
प्यू रिसर्च सेन्टरका अनुसार १८–४९ वर्ष उमेर समूहका ५७ प्रतिशत रिपब्लिकनले इजरायलप्रति नकारात्मक धारणा राखेका छन् ।
यद्यपि, समग्र रिपब्लिकन पार्टी र इभान्जेलिकल समुदायमा भने इजरायलप्रतिको समर्थन अझै बलियो रहेको सर्वेक्षणहरूले देखाएका छन् ।


विश्व खबर 




















