काठमाडौं– विद्यार्थी नेतृत्वको आन्दोलनपछि भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले यसै वर्ष स्वदेश फर्किने घोषणा गरेका छन् ।
भारतीय सञ्चारमाध्यम एनडिटिभीसँगको अन्तर्वार्तामा उनले आफू मृत्युसँग नडराउने र सबै बाधा तथा षड्यन्त्र पार गर्दै यसै वर्ष बंगलादेश फर्किने बताइन् ।
उनले आफूविरुद्धको मृत्युदण्डको फैसला ‘अवैध, असंवैधानिक र राजनीतिक रूपमा प्रेरित’ भएको दाबी गरेकी छन् ।
सन् २०२४ अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलनपछि १५ वर्ष लामो शासन अन्त्य हुँदै हसिना भारततर्फ पलायन गरेकी थिइन् ।
त्यसयता उनी सार्वजनिक रूपमा निकै कम देखिएकी छन् ।
गत नोभेम्बरमा ढाका अदालतले हत्या, उत्तेजना फैलाउने र अत्याचार रोक्न नसकेको अभियोगमा उनलाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो ।
हाल उनको दल अवामी लिगमाथि पनि गतिविधि सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।
यसबीच, बंगलादेशले हसिनाको सुपुर्दगीका लागि भारतसँग निरन्तर आग्रह गरिरहेको भए पनि दुवै देशबीचको सम्बन्ध निर्वाचित सरकार बनेपछि केही सुधार भएको छ ।


विश्व खबर 




















