images
images
  • ३५ हजार बालबालिकालाई पार्टीको सदस्य बनाएकोमा संसदमा उठयो प्रश्न

    काठमाडौं – सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद चन्द्रबहादुर केसीले, ‘एकातिर विद्यार्थी युनियनहरू खारेज गर्ने अर्कोतिर राष्ट्रिय स्वतन्त्र पार्टीले १८ वर्ष भन्दा मुनि ३५ हजार बालबालिकालाई पार्टीको सदस्य बनाएर हिँडाउने के यो विरोधाभाष भएन र ?’ भन्दै प्रश्न गरेका गरेका छन ।

    कानुन अनुसार कुनैपनि राजनीतिक दलको सदस्य बन्न १८ वर्ष उमेर पूरा भएको हुनुपर्छ । यस्तो व्यवस्था राजनीतिक दल सम्बन्धी ऐन २०७३ को परिच्छेद ३ मा रहेको छ । तर यो ऐनको व्यवस्था बिपरीत रास्वपाले आफ्नो महाधिवेशनमा करिब ३५ हजार बालबालिकालाई आफ्नो सदस्यको सूचीमा राखेको विवरण सार्वजनिक गरेको थियो ।
    कानुन विपरीत रास्वपाले बालबालिकालाई समेत सदस्यता दिएको भनेर संसदमै प्रश्न उठेको हो ।

    चितवनमा हालै सम्पन्न प्रथम महाधिवेशनमा पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदनअनुसार १८ वर्ष मुनिका ३५ हजार २५७ जना बालबालिकाले रास्वपाको सदस्यता लिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images