images
images
  • ओली तयार भएनन् पार्टी एकता गर्न, प्रचण्ड आत्तिए, विद्या–माधवलाई बेवास्ता

    काठमाडौं– कार्यकर्ताको अपेक्षाविपरीत आइतबार राष्ट्रिय सभागृहमा आयोजित मदन भण्डारीको ७५औँ जन्मजयन्ती कार्यक्रममा वाम एकताको ठोस सन्देश आउन सकेन ।

    एउटै मञ्चमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित भए पनि नेताहरूले आ–आफ्नै अडान दोहोर्याए ।

    झलनाथ खनालले वाम एकता अहिले बाध्यता बनेको बताए भने माधवकुमार नेपालले तत्काल पार्टी एकताको सम्भावना नदेखेको स्पष्ट पारे ।

    प्रचण्डले तत्काल एकता होइन, सदनदेखि निर्वाचनसम्म सहकार्यको प्रस्ताव गरे ।

    ओलीले भने एमालेको नीति स्वीकारे मात्र एकता सम्भव हुने सर्त राखे ।

    २०७५ सालमा यही सभागृहबाट एमाले–माओवादी एकता घोषणा भएको थियो भने यसपटक पनि कार्यकर्ताले नयाँ राजनीतिक सन्देशको अपेक्षा गरेका थिए ।

    तर नेताहरूले एकताको आवश्यकता त स्वीकारे, त्यसका लागि साझा मार्गचित्र भने प्रस्तुत गर्न सकेनन्।

    त्यसैले कार्यक्रमले वाम एकताभन्दा विभाजित धारणा अझै कायमै रहेको सन्देश दिएको विश्लेषण गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images