images
images
  • ४ पूर्वप्रधानमन्त्री पार्टी एकता गर्दै, निवर्तमान राष्ट्रपति पनि मिसिने पक्का

    काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालले भदौ २४ पछि मुलुकमा प्रतिगामी चलखेल बढेको भन्दै लोकतन्त्र, संविधान र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि वामपन्थी शक्तिबीच सहकार्य र एकता आवश्यक रहेको बताएका छन् ।

    मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा ओलीले प्रतिगमनलाई परास्त गर्न लोकतान्त्रिक र वामपन्थी शक्तिहरूबीच कार्यगत एकता अपरिहार्य रहेको बताए ।

    प्रचण्डले राष्ट्रिय स्वाधीनता, निरङ्कुशता र वैदेशिक हस्तक्षेपविरुद्ध छिटो वाम एकता गर्न आग्रह गर्दै ढिलाइले दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिए ।

    माधव नेपालले विगतका कमजोरीको आत्मसमीक्षा गर्दै मिल्न सकिने विषयमा एकजुट हुनुपर्ने बताए भने झलनाथ खनालले विगतका विभाजनबाट पाठ सिकेर दीर्घकालीन वाम एकताको आधार निर्माण गर्नुपर्नेमा जोड दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images