images
images
  • ओलीको दाबी– ‘नेपाली कांग्रेस फुट्यो’

    काठमाडौं– नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस फुटेको दाबी गरेका छन् ।

    मदन भण्डारीको ७५औँ जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै ओलीले लोकतान्त्रिक शक्तिहरूलाई एक हुन नदिन कांग्रेस फुटाइएको दाबी गरे ।

    उनले अन्य दलहरूलाई पनि फुटाउने प्रयास हुन सक्ने संकेत गर्दै कांग्रेसको उदाहरण दिएका थिए ।

    यद्यपि, कांग्रेस कसले फुटायो वा विभाजनपछि कुन पार्टी बनेको हो भन्नेबारे ओलीले स्पष्ट खुलाएका छैनन् ।

    नेपाली कांग्रेस भने औपचारिक रूपमा विभाजित भएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images