images
images
  • रास्वपाले कानुन विपरीत बालबालिकालाई दियो पार्टी सदस्यता

    काठमाडौं– रास्वपाले पहिलो महाधिवेशनको प्रतिवेदनमा १८ वर्षमुनिका ३५ हजार २५७ जनालाई पार्टी सदस्य बनाएको उल्लेख भएपछि कानुनी विवाद उत्पन्न भएको छ ।

    राजनीतिक दल सम्बन्धी ऐन र बालबालिका सम्बन्धी ऐनले १८ वर्षमुनिकालाई दलको सदस्य बनाउन रोक लगाएका छन् ।

    संसदमा प्रतिपक्षले यस विषयमा सरकारसँग जवाफ माग्दै कानुन उल्लंघन भएको आरोप लगाएको छ ।

    यसबारे रास्वपाले भने बालबालिकालाई सदस्य बनाउने नीति नभएको दाबी गरेको छ ।

    संगठन विभागका निवर्तमान सचिव शंकर श्रेष्ठका अनुसार अनलाइन सदस्यता फारममा अंग्रेजी मितिलाई नेपालीमा रूपान्तरण गर्दा भएको प्राविधिक त्रुटिका कारण उमेर कम देखिएको हो ।

    उनले नागरिकता बिना सदस्यता नदिइने र बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नरहेको स्पष्ट पारे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images