काठमाडौं– प्रचण्डले एमालेसँग तत्काल कार्यगत सहकार्य हुने बताएका छन् ।
विराटनगरमा आयोजित प्रदेशस्तरीय बैठकमा उनले संसद्, सडक आन्दोलन र आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनमा एमालेसँग सहकार्य गर्ने सहमति बन्दै गएको जानकारी दिए ।
तत्काल पार्टी एकता नभए पनि वामपन्थी शक्तिबीच सहकार्यलाई प्राथमिकता दिइने उनले बताए ।
साथै, कार्यकर्तालाई भ्रममा नपरी साहसका साथ अघि बढ्न आग्रह गर्दै आफ्नो अन्तिम क्रमभंग हेरेर अघि बढ्न समेत आह्वान गरे ।
प्रतिक्रिया दिनुहोस्























