काठमाडौं– जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा असार १४ गते काठमाडौंको राष्ट्रिय सभागृहमा हुने विचार गोष्ठीमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल एउटै मञ्चमा सम्बोधन गर्ने भएका छन् ।
‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक गोष्ठीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहनेछिन् ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताले पनि मन्तव्य दिनेछन् ।
सोही अवसरमा मदन भण्डारी राष्ट्रिय पुरस्कार समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्























