चितवन– रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ९९ निर्वाचित सदस्यमध्ये ४९ जना महिला विजयी भएका छन् ।
यो कुल निर्वाचित सदस्यको ४९.४९ प्रतिशत हो, जसले पार्टीमा महिला नेतृत्वको बलियो उपस्थिति देखाएको छ ।
३८४ उम्मेदवारबीच भएको प्रतिस्पर्धाबाट निर्वाचित ९९ सदस्यपछि अब सभापतिले ५१ जना मनोनित गर्नेछन् ।
विशेषतः बागमती प्रदेशबाट निर्वाचित सबै केन्द्रीय सदस्य महिला छन् ।
संविधानले अनिवार्य गरेको ३३ प्रतिशतभन्दा धेरै महिला प्रतिनिधित्व सुनिश्चित गर्दै रास्वपाले नीति निर्माण तहमा महिलाको उल्लेखनीय सहभागिता स्थापित गरेको छ ।
निर्वाचित ४९ महिला केन्द्रीय सदस्य– सोविता गौतम, तोसिमा कार्की, रञ्जु दर्शना, निशा डाँगी, इन्दिरा रानामगर, रिमा विश्वकर्मा, समीक्षा बाँस्कोटा, गीता चौधरी, लिमा अधिकारी, प्रकृति ढकाल, टीका संग्रौला, क्रान्तिशिखा धिताल, जमुना शर्मा, शुशीला कार्की पोखरेल, आशिका तामाङ, अनुष्का श्रेष्ठ, निशा श्रेष्ठ, करिश्मा कठरिया, जुली यादव, कामिनी चौधरी, सविना विक, खिमा विक, समिन्ना मियाँ, निशा मेहता, शोभा कार्की, कल्पना थापा, सुजाता तामाङ, सुष्मा बस्नेत, सुनिता कुमारी चौधरी, नमिता यादव, मञ्जु सिंह, प्रभा ढकाल, विदुषी राणा, आकांक्षा पोखरेल, अनिता श्रेष्ठ, पार्वती थापा, पवित्रा थापा, विष्णु कुमारी गुरुङ, कल्पना पाण्डे, संगीता ढकाल, शर्मिला खनाल, ज्ञानु पौडेल, सीता बादी, विनिता कठायत, टासी ल्हांगजोम, मेनुका शाही, जानिका जोशी र चन्द्रा ऐर चाँदनी ।























