images
images
  • आजको मौसमः पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    काठमाडौं। मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिम तराई भू–भाग नजिक रहेका कारण अहिले नेपालका धेरै भू–भागमा पानी परिरहेको मौसमविदले बताएका छन् ।

    आज ९बुधबार० बिहान देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, प्रदेश २ र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    भारी वर्षाको सम्भावना रहेका पहाडी भू– भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images