images
images
  • सेयर बजार घटेको घट्यै, बढेन महिना दिनसम्म पनि

    काठमाडौं– एक महिनामा नेप्से १३५ अंकले घटेको छ ।

    लगातार चौथो कारोबार दिन बिहीबार पनि बजार ओरालो लाग्दै नेप्से ८.५० अंक घटेर २६५१ बिन्दुमा पुगेको छ, जुन फागुन १३ यताकै न्यून स्तर हो ।

    कारोबार रकम पनि घटेर २ अर्ब ८३ करोड रुपैयाँमा सीमित भएको छ ।

    ८३ कम्पनीको शेयर मूल्य बढ्दा १७२ कम्पनीको घटेको छ ।

    उत्पादन तथा प्रशोधन समूह बाहेक सबै उपसूचक ओरालो लागेका छन् ।

    हालै सूचीकृत टक्सार पिखुवाखोला र याम्बलिङ हाइड्रोपावरको मूल्य १५ प्रतिशतले बढेको छ भने भुजुङ हाइड्रोपावर, सीवाईसी लघुवित्त र भगवती हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक घाटा बेहोरेका छन् ।

    कारोबार रकमका आधारमा सोपान फर्मास्युटिकल्स, रिलायन्स स्पिनिङ मिल्स, सप्तकोशी विकास बैंक, आँखुखोला जलविद्युत् कम्पनी र नेपाल एसबीआई बैंक अग्रस्थानमा रहे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images