images
images
  • सुन–चाँदीको मूल्य घट्यो (मूल्यसहित)

    काठमाडौं– स्थानीय बजारमा आज सुन–चाँदी दुवैको भाउ घटेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा रु पाँच हजार २०० र चाँदी २५० ले घटेको हो ।

    आजका लागि सुनको मूल्य प्रतितोला रु दुई लाख ७८ हजार ३०० र चाँदी चार हजार २३५ निर्धारण भएको छ ।

    बुधबार एक तोला सुनको मोल रु दुई लाख ८३ हजार ५०० मा कारोबार भएको थियो ।

    एक तोला चाँदीको मूल्य रु चार हजार ४८५ मा कारोबार भएको थियो ।

    मंगलबार एक तोला सुन रु दुई लाख ८७ हजार १०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ५९० मा खरिद बिक्री भएको थियो ।

    अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंश तीन हजार ९९९ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images