images
images
  • ट्राफिकले एकै दिन दाखिला गर्‍यो १९ लाख ३१ हजार राजस्व

    काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ५१९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।

    यसबाट राज्यकोषमा रु १९ लाख ३१ हजार ५०२ राजस्व दाखिला भएको छ ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६३, सङ्केत बत्ती उल्लङ्घनकर्ता ९९ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११५ जनालाई कारबाही गरिएको हो ।

    यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १०९, निषेधित क्षेत्रमा हर्न बजाउने १००, लागुपदार्थ सेवन गर सवारीसाधन सञ्चालन गर्ने तीन, निर्धारित मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन १९ अन्य सवारी नियम पालना नगरेका एक हजार ८१९ जनालाई कारबाही गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images