images
images
  • ओली पथमा देउवा: श्रीमती आर्जु राणालाई रिजाउने काममै ब्यस्त !

    काठमाडौं। पत्नी आर्जु राणाका व्यावसायीक ‘पार्टनर’लाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरी विवादमा आएका प्रधानमन्त्री शेरबहादुर देउवाले अर्को विवादास्पद निर्णय गरेका छन्।

    मंगलबार बसेको मन्त्रिपरिषदको बैठकबाट उनले योजना आयोगको उपाध्यक्षमा डा। विश्वनाथ पौडेललाई नियुक्त गरी विवादको अर्को चरण सुरु गरेका हुन्। पौडेल पनि आर्जुका अर्का व्यावसायीक ‘पार्टनर’ हुन्। उनी आर्जुको लगानी रहेको भनिएको ललितपुर खुमलटारस्थित युलेन्स स्कुलका संस्थापक (ट्रष्टी) हुन्।

    नेपाली कांग्रेस पार्टीले उपाध्यक्षमा डा। शंकर शर्मालाई नियुक्त गर्नका लागि देउवालाई प्रस्ताव गरेको थियो। तर, पार्टीको प्रस्तावलाई नकार्दै देउवाले आर्जुका पार्टनर पौडेललाई महत्वपूर्ण निकायमा उपाध्यक्षको जिम्मेवारी दिएका हुन्।

    यसअघि स्वास्थ्य राजयमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका कारण उनको आलोचना तिव्र छ। श्रेष्ठलाई बर्खास्त गर्न माग गरी डा। गोविन्द केसीले देउवालाई पत्र पठाएकै दिन अर्को विवादास्पद नियुक्ति गरिएको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images