काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
नेपाल राष्ट्र बैंकको स्वीकृतिअनुसार बैंकले हालको चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँको आधारमा ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले निष्काशन गर्नेछ ।
हकप्रद शेयरबाट संकलित रकम बैंकको पूँजी संरचना सुदृढ बनाउन, पूँजी पर्याप्तता अनुपात मजबुत बनाउन तथा दीर्घकालीन व्यावसायिक विस्तारमा उपयोग गरिने बैंकले जनाएको छ ।
हकप्रद निष्काशनसम्बन्धी सम्झौतामा बैंकका प्रमुख वित्तीय अधिकृत रुपेश लुइटेल र एनआइएमबि एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















