images
images
  • सुशीला–बालेनले सत्ता सम्हालेयता क्रिम र लिपिस्टिकमा खर्च भयो २ अर्ब, ७१ करोड

    काठमाडौं– नेपालमा सौन्दर्य प्रसाधन सामग्रीको आयात निरन्तर बढिरहेको छ ।

    चालु आर्थिक वर्षको ११ महिना (भदौ–फागुन)मा मात्रै विभिन्न कस्मेटिक सामग्री आयात गर्न १२ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी विदेशिएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

    अनुहारमा प्रयोग हुने फेस क्रिमको आयात सबैभन्दा तीव्र रूपमा बढेको छ ।

    गत वर्ष १ अर्ब १६ करोड रुपैयाँको फेस क्रिम आयात भएकोमा यस वर्ष बढेर १ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ ।

    लिपस्टिक तथा अन्य लिप मेकअप सामग्रीको आयात पनि ५९ करोडबाट बढेर ७१ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

    बडी लोसन, हेयर डाई, कपालको तेल तथा अन्य सौन्दर्य सामग्रीको आयातमा समेत वृद्धि देखिएको छ ।

    यद्यपि सिन्दूर, फेस पाउडर, स्याम्पु र हेयर कन्डिसनरको आयात भने केही घटेको छ ।

    तथ्यांकले नेपाली बजारमा विदेशी सौन्दर्य प्रसाधनको माग र उपभोग दुवै बढ्दै गएको संकेत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images