images
images
  • जी मोटर्सबाट खोसियो स्काईवेलको आधिकारिक डिलरसिप, नयाँ वितरक बन्न दर्जन कम्पनीको दौड

    काठमाडौं– चिनियाँ प्रिमियम ईभी ब्रान्ड स्काईवेल र स्काइवर्थको नेपालस्थित आधिकारिक बिक्रेता जी मोटर्सको डिलरसिप खारेज भएको छ ।

    उत्पादक कम्पनी जियान्सु स्काईवेल अटोमोबाइल कम्पनी लिमिटेडले जुन ५, २०२६ देखि लागू हुने गरी जी मोटर्सलाई आधिकारिक डिलरको सूचीबाट हटाएको जनाएको छ ।

    कम्पनीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई पठाएको पत्रमार्फत जी मोटर्स अब आफ्नो आधिकारिक प्रतिनिधि नरहेको जानकारी दिएको हो ।

    नेपालमा स्काईवेल ब्रान्डलाई जी मोटर्सले २०८१ सालदेखि बिक्री गर्दै आएको थियो ।

    हाल नेपाली बजारमा स्काईवेलका बीई११ र ईटी५ मोडल उपलब्ध छन् ।

    नयाँ आधिकारिक आयातकर्ता चयनबारे कम्पनीले हालसम्म कुनै निर्णय सार्वजनिक नगरे पनि स्काईवेलको ब्रान्ड लिन आधा दर्जनभन्दा बढी अटो कम्पनीले चासो देखाएका छन् ।

    स्रोतका अनुसार विभिन्न कम्पनीहरूले उत्पादक कम्पनीलाई आफ्नो व्यावसायिक प्रस्तावसमेत पठाइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images