images
images
  • सुन–चाँदीको मूल्यमा घट्यो (मूल्यसहित)

    काठमाडौं– नेपाली बजारमा मंगलबार सुन–चाँदीको मूल्य घटेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेर २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन सुन प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १ सय ४० रुपैयाँले घटेर ४ हजार ५ सय ९० रुपैयाँमा झरेको छ ।

    सोमबार चाँदी प्रतितोला ४ हजार ७ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

    महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images