काठमाडौं– महाधिवेशनमा पार्टीका तीन संस्थापक सदस्य छुट्ने भएका छन् ।
२०७९ असार १७ मा दर्ता भएको रास्वपामा सुरुदेखि सक्रिय रहे पनि मुकुल ढकाल, सुमना श्रेष्ठ र सन्तोष परियार महाधिवेशनमा सहभागी हुने छैनन् ।
ढकाल प्रवक्ता र पछि महामन्त्रीसम्म बनेका थिए तर अनुशासन उल्लङ्घनको आरोपपछि पार्टीबाट हटाइए ।
सुमना श्रेष्ठ सहमहामन्त्री तथा सांसद रहेकी थिइन्, तर असन्तुष्टिका कारण पार्टी छाडेकी हुन् र हाल कुनै दलमा सक्रिय छैनन् ।
सन्तोष परियार भने हाल प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध छन् ।
चितवनमा भइरहेको महाधिवेशनमा सबै संस्थापकलाई केन्द्रीय सदस्य बनाउने तयारी भए पनि यी तीन जना बाहिरै रहने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















