images
images
  • सुन–चाँदीको मूल्य बढ्यो (मूल्यसहित)

    काठमाडौं– स्थानीय बजारमा आज सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

    सुन तोलामा रु ६०० र चाँदी रु ५० ले बढेको हो ।

    नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ८७ हजार ३०० कायम भएको छ भने त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ६९० निर्धारण भएको छ ।

    गत शुक्रबार एक तोला सुन रु दुई लाख ८६ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ६४० मा कारोबार भएको थियो ।

    अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १५५ र चाँदी ६४ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images