काठमाडौं– जापानले फिफा विश्वकपको १०००औं खेलमा ट्युनिसियालाई ४–० ले पराजित गर्दै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ ।
असाय उएदाले दुई तथा दाइची कामाडा र जुन्या इटोले एक–एक गोल गरे ।
दुई खेलबाट जापान र नेदरल्यान्ड्सको समान ४ अंक छ ।
लगातार दोस्रो हार बेहोरेको ट्युनिसिया भने समूह चरणबाटै बाहिरिएको छ ।
जापानले अब स्वीडेनसँग अन्तिम समूह खेल खेल्नेछ भने ट्युनिसियाले नेदरल्यान्ड्सको सामना गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















