images
images
  • इलाम–झापाका १०० चिया उद्योग बन्द, ७० हजारको रोजगार गुम्यो

    काठमाडौं– भारतले नेपाली चियाको आयात परीक्षणमा कडाइ गरेपछि इलाम र झापाका करिब सय चिया उद्योग बन्द भएका छन् ।

    इलामका ५६ र झापाका ३० भन्दा बढी उद्योगले सञ्चालन रोक्ने घोषणा गरेसँगै करिब ६० देखि ७० हजार किसान र मजदुर प्रभावित हुने भएका छन् ।

    केन्द्रीय चिया सहकारी संघका अध्यक्ष हर्कबहादुर तामाङका अनुसार मुख्य उत्पादन सिजनमै उद्योग बन्द हुँदा चिया उत्पादन र निर्यातमा गम्भीर असर पर्नेछ ।

    उनले भारतले परीक्षणका नाममा चिया रोक्दा नेपाली उद्योग संकटमा परेको र सरकारले समयमै कूटनीतिक पहल गर्न नसकेको आरोप लगाए ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने समस्या समाधानका लागि प्रधानमन्त्री कार्यालयको नेतृत्वमा छलफल भइरहेको जनाएको छ ।

    तर अहिलेसम्म कुनै ठोस निष्कर्ष ननिस्किएको मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images