images
images
  • नेपाल लाइफ इन्स्योरेन्स हिमालय स्पोर्ट्ससँग सहकार्य गर्दै फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक बन्यो

    काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को प्रसारणका लागि Himalaya Sports सँग सहकार्य गर्दै सह-प्रायोजकको रूपमा सहभागिता जनाएको छ। यस सहकार्यअन्तर्गत नेपाल लाइफले विश्वकपको प्रसारणलाई हिमालय स्पोर्ट्स टिभी तथा DIGO App मार्फत समर्थन गर्नेछ।

    यस अवसरमा Nepal Life Insurance Company Limited का प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुलीले भन्नुभयो, “विश्वकै सर्वाधिक लोकप्रिय खेल महोत्सव फिफा विश्वकप २०२६ को प्रसारणमा हिमालय स्पोर्ट्ससँग सह-प्रायोजकका रूपमा सहकार्य गर्न पाउँदा हामी गौरवान्वित छौं। विश्वभरका अर्बौं दर्शकहरूको आकर्षणको केन्द्र रहने यस प्रतिष्ठित प्रतियोगिताले खेलकुदमार्फत मानिसहरूलाई एकताबद्ध गर्छ।”

    उहाँले थप भन्नुभयो, “यस ऐतिहासिक खेल महोत्सवसँग आफ्नो उपस्थिति जोड्न पाउनु हाम्रो लागि गर्वको विषय हो। यस सहकार्यले नेपाली दर्शकहरूलाई विश्वकपको रोमाञ्च अझ नजिकबाट अनुभव गर्न सहयोग गर्नेछ। साथै, यसले नेपाल लाइफ ब्राण्डलाई देशभरका खेलप्रेमी दर्शकहरूसँग अझ मजबुत रूपमा जोड्ने विश्वास हामीले लिएका छौं।”

    यो सहकार्यले नेपालमा विश्वकप प्रसारणको पहुँच विस्तार गर्ने तथा खेलप्रेमी दर्शकहरूलाई अझ सहज रूपमा प्रतियोगिता हेर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images