images
images
  • सुन–चाँदीको मूल्य घटेको घट्यै (मूल्यसहित)

    काठमाडौ.– काठमाडौंमा हिजो घटेको सुन–चाँदीको भाउ आज पनि थप घटेको छ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर २ लाख ९७ हजार २०० रुपैयाँ कायम भएको छ ।

    हिजो पनि सुन तोलामा १,२०० रुपैयाँले घटेर २ लाख ९७ हजार ३०० रुपैयाँमा पुगेको थियो ।

    पछिल्ला तीन दिनमा ६,५०० रुपैयाँले बढेको सुनको भाउ हिजो र आज लगातार घटिरहेको छ ।

    यस्तै, चाँदीको भाउ पनि आज तोलामा ३५ रुपैयाँले घटेर ४,९४५ रुपैयाँमा झरेको छ ।

    यसअघि माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो भने चाँदी पनि माघ १५ गते नै तोलामा ७,५०५ रुपैयाँ पुगेर कीर्तिमान बनाएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images