images
images
  • सेयर बजार बढ्यो, कारोबार भयो कति ?

    लगातार चार कारोबार दिन ओरालो लागेको सेयर बजार बुधबार स्थिरजस्तै रह्यो ।

    नेप्से परिसूचक ०.०८ अंकले मात्रै बढेर २७०५ विन्दुमा कायम भयो ।

    अघिल्लो दिन ४ अर्ब ४ करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार कारोबार रकम घटेर ३ अर्ब ६१ करोड रुपैयाँमा सीमित रह्यो ।

    १२० कम्पनीको सेयर मूल्य बढ्दा १३५ कम्पनीको घट्यो भने १६ कम्पनीको मूल्य स्थिर रह्यो ।

    समूहगत सूचकमा अधिकांश क्षेत्र सामान्य उतारचढावमा रहे ।

    विकास बैंक समूह ०.४६ प्रतिशतले बढ्दा बैंकिङ, होटल तथा पर्यटन, बीमा, हाइड्रोपावर, फाइनान्सलगायत अधिकांश समूह घटे ।

    सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको सेयर मूल्य १५–१५ प्रतिशतले बढ्यो ।

    एनआरएन इन्फ्रास्ट्रक्चर ४.२४ प्रतिशतले उकालो लाग्दा दोल्ती पावर र कालिन्चोक हाइड्रोपावरको मूल्यमा उल्लेख्य गिरावट देखियो ।

    बुधबार एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स, सेन्ट्रल फाइनान्स, बुंगल हाइड्रो र आँखुखोला जलविद्युत् कम्पनीको सर्वाधिक कारोबार भयो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images