काठमाडौं– फिफा विश्वकप–२०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा अष्ट्रियाले जोर्डनलाई ३–१ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
सान फ्रान्सिस्कोमा भएको खेलमा अष्ट्रियाका रोमानो स्मिड र मार्को अर्नाउटोभिकले गोल गरे भने जोर्डनका याजान अल–अरबको आत्मघाती गोलले अष्ट्रियालाई थप फाइदा पुग्यो ।
जोर्डनका अली ओल्वानले एक गोल फर्काएका थिए ।
जितसँगै अष्ट्रियाले समूह ‘जे’ मा ३ अंक जोडेको छ ।
पहिलोपटक विश्वकप खेलिरहेको जोर्डन भने अंकविहीन रह्यो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















