images
images
  • सुनको मूल्य तोलामा ५ हजारले बढ्यो (मूल्यसहित)

    काठमाडौं– स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु पाँच हजारले बढेको छ ।

    आइतबार प्रतितोला रु दुई लाख ९३ हजार २०० मा कारोबार भएको छापावाल सुन आजका लागि भने रु दुई लाख ९८ हजार २०० निर्धारण भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    शुक्रबार भने प्रतितोला रु दुई लाख ९२ हजारमा कारोबार भएको थियो ।

    यस्तै, चाँदीको मूल्य तोलामा रु १२० ले बढेको छ ।

    आइतबार प्रतितोला रु चार हजार ८९५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु पाँच हजार १५ निर्धारण भएको छ ।

    शुक्रबार चाँदी प्रतितोला रु चार हजार ८४० मा कारोबार भएको थियो ।

    अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार ३२९ दशमलव ४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images