images
images
  • विश्वकप–२०२६ : ट्युनिसियाविरुद्ध स्वीडेनको शानदार जित

    काठमाडौं– विश्वकप फुटबलमा स्वीडेनले विजयी सुरुआत गरेको छ ।

    अमेरिकामा सोमबार भएको खेलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोलअन्तरले पराजित गर्‍यो ।

    स्वीडेनका लागि यासिन आएरीले ७औँ मिनेटमा गोल गर्दै खाता खोलेका थिए भने अलेक्जान्डर इजाकले २८ औँ मिनेटमा अग्रता दोब्बर बनाए ।

    ट्युनिसियाका ओमार रेकिकले ४२औँ मिनेटमा एक गोल फर्काए पनि दोस्रो हाफमा स्वीडेन हावी बन्यो ।

    भिक्टर ग्योकरेस, म्याटियास स्वानबर्ग र यासिनले थप गोल गरेपछि स्वीडेनले ५–१ को प्रभावशाली जित निकाल्यो ।

    जितसँगै स्वीडेनले महत्वपूर्ण तीन अंक बटुल्यो ।

    यसअघि समूह ‘ई’मा जर्मनीले क्युरासाओलाई ७–१ ले हराएको थियो ।

    अन्य खेलमा जापान र नेदरल्यान्ड्स २–२ को बराबरीमा रोकिँदा आइभरी कोस्टले इक्वेडरलाई १–० ले पराजित गर्‍यो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images