काठमाडौं– स्थानीय बजारमा आइतबार सुन–चाँदीको भाउ बढेको छ ।
सुनको भाउ आज प्रतितोला १ हजार २ सय रुपैयाँ बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९३ हजार २ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ९२ हजार रुपैयाँ थियो ।
एक साताको अवधिमा भने सुनको भाउ ७ हजार ६ सय रुपैयाँ घटेको छ ।
गत आइतबार सुनको भाउ तोलामा ३ लाख ८ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको भाउ आज प्रतितोला ५५ रुपैयाँ बढेको छ ।
अघिल्लो दिन ४ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८९५ रुपैयाँ पुगेको छ ।
यसअघि गत आइतबार चाँदी ४ हजार ८९५ रुपैयाँमै कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















