काठमाडौं– प्रतिपक्ष दलका सांसद गुरुप्रसाद बरालले अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि बजेटमार्फत करको दर हेरफेर गरी राजस्व हिनामिना गरेको आरोप लगाउँदै तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले विगतका उदाहरण देखाएर वर्तमान गल्तीबाट उम्किन नपाइने भन्दै सरकारलाई जवाफदेही बनाउनुपर्ने बताए ।
उनले बजेट र कर संरचनामा भएको भनिएको अनियमितताको निष्पक्ष छानबिन आवश्यक रहेको जोड दिए ।
उनले सभामुख डोलप्रसाद अर्यालमार्फत तत्काल संसदीय प्रक्रिया अघि बढाउन आग्रह गर्दै यस्तो अभ्यास दोहोरिए देशको आर्थिक प्रणालीमा गलत नजिर बस्ने चेतावनी पनि दिए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















