images
images
  • सुन–चाँदीको मूल्य बढ्यो (मूल्यसहित)

    काठमाडौं– स्थानीय बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ ।

    सुन तोलामा ५ हजार ३०० र चाँदी १९० रुपैयाँले बढेको हो ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ९२ हजार कायम भएको छ ।

    एक तोला चाँदीको मूल्य ४ हजार ८४० रुपैयाँ निर्धारण भएको छ ।

    बिहीबार एक तोला सुन २ लाख ८६ हजार ७०० र त्यति नै परिमाणको चाँदी ४ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images