images
images
  • फिफा विश्वकप : चेकियाविरूद्ध दक्षिण कोरियाको जित

    काठमाडौं– फिफा विश्वकपमा दक्षिण कोरियाले चेकियालाई २–१ ले पराजित गरेको छ ।

    २० वर्षपछि विश्वकपमा फर्किएको चेकियाले दोस्रो हाफमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन ।

    कप्तान लेडिस्क्लाभ क्रेज्कीले ५६औँ मिनेटमा गोल गरेपछि चेकिया अघि बढेको थियो ।

    तर ह्वाङ इबोनले ६७औँ मिनेटमा बराबरी गोल फर्काए ।

    खेलको ८०औँ मिनेटमा ओ हेन्युले निर्णायक गोल गर्दै दक्षिण कोरियालाई जित दिलाए ।

    जितसँगै दक्षिण कोरियाले महत्वपूर्ण तीन अंक जोडेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images