काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले आयातित सवारीसाधनमा सिट संख्या कृत्रिम रूपमा बढाएर राजश्व छली गरिएको आरोप लगाएकी छन् ।
प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा उनले ७–८ सिट क्षमताका गाडीलाई ११ सिट कायम गरी ३० प्रतिशत भन्सार लाग्नुपर्नेमा १० प्रतिशत मात्र भन्सार तिराइएको दाबी गरिन् ।
त्यस्तै, ११–१४ सिटका सवारीलाई १५–१८ सिट देखाएर १० प्रतिशतको सट्टा १ प्रतिशत मात्रै भन्सार असुल गरिएको उनको भनाइ थियो ।
ओलीका अनुसार यसरी ५ हजारभन्दा बढी सवारी आयात भई दर्ता भइसकेका छन् र २०८० सालयता मात्रै राज्यले ५ अर्ब रुपैयाँभन्दा बढी राजश्व गुमाएको छ ।
उनले यस विषयमा सम्बन्धित निकाय मौन रहेको भन्दै सरकारले तत्काल छानबिन गर्नुपर्ने माग गरिन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















