images
images
  • सेयर बजार बढ्यो, ४ अर्ब २९ करोडको कारोबार

    काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.५७ अंकले बढेर २,७३६.१७ विन्दुमा पुगेको छ।

    दिनभर उतारचढावपूर्ण कारोबार भए पनि बजार अन्त्यमा हरियो संकेतसहित बन्द भएको हो।

    आज ३५६ कम्पनीका ९२ लाख ८३ हजारभन्दा बढी कित्ता सेयर ४९ हजार २४८ पटक किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब २९ करोड ७४ लाख रुपैयाँ पुगेको छ।

    कारोबारमा १२७ कम्पनीको सेयर मूल्य बढ्दा १३४ कम्पनीको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रह्यो।

    १३ उपसमूहमध्ये ७ वटा बढेका र ६ वटा घटेका छन्। होटल तथा पर्यटन उपसमूह ०.५४ प्रतिशत र जलविद्युत् उपसमूह ०.६५ प्रतिशतले वृद्धि भएका छन्।

    आज कालिञ्चोक हाइड्रोपावर, सोपान फर्मास्युटिकल्स र अपोलो हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

    कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् अग्रस्थानमा रहँदा सप्तकोशी डेभलपमेन्ट बैंक र सिटी होटल क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।

    प्रतिक्रिया दिनुहोस्
    images
    images