images
images
  • सुनको मूल्य १० हजारले घट्यो, चाँदीको पनि बढेन (मूल्यसहित)

    काठमाडौं– बुधबार एकैदिन सुनको भाउ तोलामा १० हजार १ सय रुपैयाँ घटेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघले आजका लागि २ लाख ९१ हजार ८ सय रुपैयाँ सुनको मूल्य तोकेको छ ।

    अघिल्लो दिन ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै गत बुधबार ३ लाख ११ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    आज चाँदीको भाउ तोलामा १८५ रुपैयाँ घटेको छ ।

    अघिल्लो दिन ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७४० रुपैयाँ कायम भएको छ ।

    गत बुधबार चाँदी प्रतितोला ५ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images