images
images
  • नेपाल थाइल्यान्डसँग ५६ रनले पराजित, प्रिमियर कपको क्वार्टरफाइनलबाट बाहिरियो

    काठमाडौं– थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाट बाहिरिएको छ ।

    मलेसियामा बुधबार भएको एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा १३१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ७४ रन मात्र बनाउन सक्यो ।

    नेपालका लागि रुबिना क्षेत्रीले अविजित २० रन बनाइन् भने सोनी पाख्रिनले १५, सीता रानामगरले १२ तथा सम्झना खड्काले ११ रन जोडिन् ।

    थाइल्यान्डकी थिपात्चा पुथावङले २ विकेट लिँदै नेपाललाई दबाबमा राखिन् ।

    यसअघि पहिले ब्याटिङ गरेको थाइल्यान्डले नानापत कोन्चारोन्काइको अविजित ६३ रनको मद्दतमा ४ विकेटको क्षतिमा १३० रन बनाएको थियो ।

    पराजयसँगै नेपाल एसिया कप छनोटको दौडबाट बाहिरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images