images
images
  • लगातार चौथो दिन घट्यो सेयर बजार, कारोबार भने बढ्यो

    काठमाडौं– लगातार चौथो कारोबार दिन पनि सेयर बजारमा गिरावट आएको छ ।

    मंगलबार नेप्से परिसूचक १.५४ अंकले घटेर २७३३ अंकमा कायम भयो ।

    बजार घटे पनि कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ ।

    अघिल्लो दिन ४ अर्ब ८ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ६ अर्ब ४४ करोड रुपैयाँको कारोबार भयो, जुन वैशाख १५ यताकै उच्च हो ।

    आज १०५ कम्पनीको सेयर मूल्य बढ्दा १५१ कम्पनीको घट्यो। फाइनान्स समूह सबैभन्दा बढी १.०१ प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images