images
images
  • बढ्यो सुन–चाँदीको भाउ, प्रतितोलाको ३ लाख १९ सयमा किनबेच (मूल्यसहित)

    काठमाडौं– नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य बढेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर ३ लाख १ हजार ९ सय रुपैयाँ पुगेको छ ।

    अघिल्लो दिन सुन २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर ४ हजार ९ सय २५ रुपैयाँ कायम भएको छ ।

    सोमबार चाँदी ४ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ४ हजार ३३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images