images
images
  • २० अंकले घट्यो सेयर बजार, कारोबार ४ अर्बमा सीमित

    काठमाडौं– साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से २०.२७ अंकले घटेर २७३५.०४ विन्दुमा झरेको छ।

    आज ४ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन अघिल्लो कारोबार दिनको तुलनामा डेढ अर्ब रुपैयाँभन्दा बढी कम हो। ४१ कम्पनीको सेयर मूल्य बढ्दा २२३ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रह्यो।

    फाइनान्स समूहबाहेक सबै उपसूचक घटेका छन्। फाइनान्स ०.२६ प्रतिशतले बढ्दा व्यापार, विकास बैंक, हाइड्रोपावर, बैंकिङ, बीमा लगायतका समूहमा गिरावट देखियो।

    कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढ्दा उपकार लघुवित्तको मूल्य ७.१४ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स, आँखुखोला जलविद्युत्, सिटी होटल, रिलायन्स स्पिनिङ मिल्स र नेसनल हाइड्रोपावर अगाडि रहे।

    प्रतिक्रिया दिनुहोस्
    images
    images