images
images
  • एसियाली खेलकुद छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै

    काठमाडौं– जापानमा हुने २०औँ एसियाली खेलकुद–२०२६ को क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा आज नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ।

    सिंगापुर नेसनल क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो १२:१५ बजे सुरु हुनेछ।

    सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले र हङकङले मलेसियालाई ६ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन्।

    पछिल्ला पाँच भेटमध्ये हङकङले दुई खेल जितेको छ भने नेपाल एक खेलमा विजयी भएको थियो। दुई खेल भने नतिजाविहीन बनेका थिए।

    सेमिफाइनलमा पुगेसँगै नेपाल, हङकङ, मलेसिया र ओमानले एसियाली खेलकुदमा स्थान सुरक्षित गरिसकेका छन्।

    यी टोलीहरू अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका र आयोजक जापानसँगै एसियाडमा प्रतिस्पर्धा गर्नेछन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images