images
images
  • सुनको मूल्य घट्यो, चाँदीको बढ्यो (मूल्यसहित)

    काठमाडौं– नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ९ सय रुपैयाँ घटेर २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    आइतबार सुन प्रतितोला ३ लाख ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यता, चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँ बढेर ४ हजार ९ सय ५ रुपैयाँ पुगेको छ ।

    अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३ सय ७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images