images
images
  • सुन–चाँदीको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ किनबेच ? (मूल्यसहित)

    काठमाडौं– स्थानीय बजारमा आज पनि सुन–चाँदीको मूल्य घटेको छ ।
    सुन तोलामा रु एक हजार र चाँदी रु ३३५ ले घटेको हो ।
    नेपाल सुन–चाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु तीन लाख आठ हजार  कायम भएको छ ।
    एक तोला चाँदीको मूल्य रु चार हजार ८९५ निर्धारण भएको छ ।
    गत शुक्रबार एक तोला सुन रु तीन लाख नौ हजार र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २३० मा कारोबार भएको थियो ।
    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको सेतो धातु ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images