काठमाडौं– राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने एक सिट साढे चार महिनादेखि रिक्त रहेको छ ।
पूर्वसांसद वामदेव गौतमले ४ माघ २०८२ मा राजीनामा दिएपछि उक्त पद खाली छ ।
रिक्त पदमा नियुक्तिका लागि पूर्वप्रधानमन्त्री सुशीला कार्कीले पूर्वगृहमन्त्री ओम प्रकाश अर्यालको नाम १ चैत २०८२ मा सिफारिस गरे पनि राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेका छैनन् ।
५९ सदस्यीय राष्ट्रिय सभामा ५६ जना निर्वाचित र तीन जना राष्ट्रपतिबाट मनोनीत हुने संवैधानिक व्यवस्था छ ।
हाल मनोनीत सदस्यमध्ये नारायण प्रसाद दाहाल र डा. अन्जान शाक्य कार्यरत छन् ।
यसबीच, २१ फागुनमा गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारलले पनि रिक्त पदमा नयाँ नियुक्तिका लागि कुनै निर्णय गरेको छैन ।
उक्त निर्णय नहुँदा कार्की रिसले चुर हुँदै विभिन्न सार्वजनिक कार्यक्रममा सरकार लक्षित विषवमन गरिरहेकी छन् ।






















